प्रचण्डले घोषणा गरे २३६सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली वाचन सुरु गरेका छन् ।

प्रज्ञा भवन, कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा उनले १२५ समानुपातिक र १११ जना खुला केन्द्रीय सदस्यको नाम पेश गर्ने भएका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् ।

सहमतिमै केन्द्रीय कमिटी घोषणाको पक्षमा रहेका उनले बन्दसत्र हलमा सम्बोधनका क्रममा सुरुमा केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गरेपछि पदाधिकारीको टुङ्ग्याउने बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति