साताको पहिलो दिन नेप्से ६० अङ्कले बढ्यो

काठमाण्डौ, पुस १८ । साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज ६० दशमलव ४१ अङ्कले बढ्दै दुई हजार पाँच सय ८४ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका समूहमध्ये म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले घट्याे । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४० अङ्कले बढेको छ ।

आज दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार कित्ता शेयर चार अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुर्खाज फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति