लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन

देउखुरी, १८ पुस । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए ।

राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन हुन लागेको उनकाे भनाइ थियो । निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ । लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति