माओवादीमा सहमति प्रयास, निर्वाचन तालिका दोस्रो पटक सारियो

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी कमिटी बैठक जारी छ।नयाँ केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी टीम सर्वसम्मत बनाउने प्रयासस्वरुप माओवादी स्थायी कमिटी बैठक बसिरहेको हो।माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी सर्वसम्मत चयन प्रयास जारी राखेका छन्।

त्यही प्रयासस्वरुप उनले शनिबार बन्दसत्र हलमा सम्बोधन गरेपछि पहिलो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो।सहमतिका लागि भन्दै माओवादीले शनिबार राति ८ बजेदेखि तय गरिएको निर्वाचन कार्यतालिकालाई आइतवार २ बजेसम्मका लागि संशोधन गरेर सारिएको थियो।तर माओवादी नेतृत्वले अझै पनि सहमतिमै नेतृत्व चयनका लागि प्रयास गरिरहेको छ।

त्यसकै लागि माओवादीले आइतवार २ बजेदेखि हुने भनिएको निर्वाचन कार्यतालिकालाई २ घण्टा पर सारेको छ।माओवादीको निर्वाचन समितिले अब उम्मेदवारी मनोनयनलाई अपरान्ह ४ बजेदेखि ६ बजेसम्मलाई तोकेको छ।त्यस्तै मतदान कार्यक्रमलाई सोमबार बिहान ८ बजेदेखि दिउँसो १ बजेर २५ मिनेटसम्मलाई कायम गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति