धनगढी, १८ पुस । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई पक्राउ गरेको हो ।उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका-१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् ।
अनुसन्धानको इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ
प्रतिक्रिया