काठमाडौँ, १८ पुस । भारतमा कोरोना संक्रमण दर बढेको छ । पछिल्लो साता यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ ।
ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ ।
पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।त्यहाँ दैनिक थपिने र निको हुनेको संख्या एक साताअघिसम्म दश हजारभन्दा तल झरिसकेको थियो । अहिले त्यो संख्या ह्वात्तै बढेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारभन्दा माथि पुगेको छ ।
प्रतिक्रिया