हाम्रो महाअधिवेशन विशिष्टरुपमा इतिहासमा दर्ज भएको छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अधिवेशन देश र विदेशका लागि अत्यन्तै विशिष्ट भएको बताएका छन।समूहगत प्रस्तुति पछि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अधिवेशन उदघाटनदेखि बन्दसत्रको सबै छलफल एतिहासिक रुपमा इतिहासमा दर्ज भएको बताएका हुन ।

“देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ उर्जा प्राप्त हुनेगरि उदघाटन सत्र सुरु भयो।” उनले भने, “प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयो। महाधिवेशन प्रति देशको ध्यान केन्द्रीत रह्यो। ”उनले अगाडि भने हाम्रो पृष्ठभूमि र बिरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जन आन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन बिरासत जोडिएकोले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ ।

कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१ शताब्दी फडको हान्न खोजे पनि भने, कतिले २० शताब्दिमा फरेकन खोजेको भने ।

कतिले किताबबाट सारेको पनि भने ।कतिले पुरानै बाटोमा जाने भयो पनि भने । तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले शुरुदेखि नैविचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रीत बन्यो । यहीरुपमा कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज भयो।

दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस,यने महाधिवेशनमा विचारको विकास, आत्मसमिक्षाको रुपमा,जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात गर्यो । यो नयाँ बहसको सृष्टि गर्ने महाधिवेशन भयो। यहिरुपमा इतिहासमा दर्ज भयो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति