माओवादी महाधिवेशन : अध्यक्ष प्रचण्डले जवाफ दिन थाले

काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शुक्रबार दिउँसोदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन्।

यही सोमबारदेखि सुरु बन्दसत्रमा विभिन्न २५ वटा समूहले राखेका सुझावमाथि प्रचण्डले जवाफ दिइसकेपछि महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्नेछ।

प्रचण्डले सोमबार ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसमा छलफलका लागि २५ वटा समूह बनाइएको थियो।त्यस्तै प्रचण्डको प्रतिवेदनमा हरिबोल गजुरले, लेखनाथ न्यौपाने र राम कार्कीले पुरक दस्तावेज राखेका थिए।तीन नेताहरुको पुरक दस्तावेजमा पनि प्रचण्डले जवाफ दिँदैछन्।

प्रचण्डको जवाफमा चित्त नबुझेमा ती नेताहरुले फरक मत नै पेश गर्ने तयारीमा छन्। प्रचण्डले जवाफ दिनुअघि प्रज्ञा प्रतिष्ठानमा स्थायी समिति बैठक बसेको थियो। त्यहाँ प्रतिवेदनमा उठेका जिज्ञासाका जवाफ र नयाँ नेतृत्व चयनबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।सोमबार बन्दसत्रमा प्रचण्डले पेस गरेको ४५ पृष्ठको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन बनेका २५ वटा समूहले बिहीबार आफ्ना निष्कर्षरप्रश्न प्रस्तुत गरिसकेका छन्। स्रोतका अनुसार माओवादीको केन्द्रीय सदस्यको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने सम्भावना छ। माओवादीका १० वटा प्रदेश समिति छन्।विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्। त्यो केन्द्रीय समितिले बल्ल अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ। प्रत्येक प्रदेशलाई क्लस्टर, भूगोल र जनसंख्या लगायत मिलाएर पठाउन निर्देशन दिने तयारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति