विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमण: ५ लाख निको, ६ हजारको मृत्यु

काठमाडौँ, १६ पुस । विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्।अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्।

त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५००, जर्मनीमा ४१ हजार ८०० र टर्कीमा ३९ हजार ६०० जनामा संक्रमण पुष्टि भएको हो।ओर्ल्डोमिटरकाअनुसार यही अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमध्ये अमेरिकामा १२ सय ९०, रसियामा ९२६, पोल्याण्डमा ७०९, जर्मनीमा ३७९, वेलायतमा ३३२, फ्रान्समा १८०, इटालीमा १५६ र ब्राजिलमा १५४ जनाको मृत्यु भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति