काठमाडौं, १५ पुस ।
अस्पतालको स्टोर शाखामा कार्यरत कर्मचारी धनप्रसाद भट्टराई, उनका बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराई, तीन महिनाका छोरा इप्सन भट्टराई र सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए।
उनीहरु एउटै कोठामा सुतेका थिए। चिसोमा आगो बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रजिअ खत्रीले आफू घटनास्थलमा पुगेर फर्केका बताए। ‘म पनि घटनास्थलमा पुगेर फर्किए, मृत्युको आशंका निसास्सिएर भएको हुन सक्ने आशंका छ, विस्तृत कुरा त पोष्टमार्टम रिपोर्टले नै बताउँला,’ उनले भने। भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए।
चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए। तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रजिअ खत्रीले बताए। मृतक भट्टराईकी पत्नी, अर्का छोरा र बहिनीको उपचार भेरी अस्पतालमा भइरहेको छ।
बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रहरी प्रमुख९एसपी० श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
प्रतिक्रिया