काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका छन् । आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्र सकेर बुधबार प्रज्ञा भवनबाट बाहिरिँने क्रममा प्रचण्डले सञ्चारकर्मीसँग राम्रोसँग लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताएका हुन् ।बन्दसत्रमा बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ ।बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ ।माओवादीको महाधिवेशन यही पुस ११ गते सुरु भएको हो ।
प्रचण्डले भने– लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्छ
प्रतिक्रिया