जनआन्दोलनमा ढालिएको वीरेन्द्रको सालिका फेरि ठडाइयो


सुर्खेत, १४ पुस । झण्डै १६ वर्षपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचौकमा स्व.राजा वीरेन्द्रको शालिक राखिएको छ । ६२/६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले सालिक भत्काएका थिए । लामो समयदेखि एक पक्षले राख्नु पर्ने र अर्को पक्षले राख्न नहुने विवादकै कारण शालिक स्थापना गरिएको थिएन । अहिले नयाँ बनाएर पुन: ठडाइएको छ । स्वतन्त्र सुर्खेतबासी जनताको नामबाट सालिक राखिएको हो । योगी बलभद्रनाथको प्रमुख आतिथ्यतामा उक्त सालिक पुन ठडाइएको हो ।

सालिक राखिएको ठाउँ वीरेन्द्रनगरको ‘मुटु’ मानिन्छ । राजनीति दलले हिन्दू धर्मको चीर हरण गरेको टिप्पणी गर्दै योगी बलभद्रनाथले देशमा सयौं छोटे राजा बनाएको आरोप लगाए । ‘देशमा राजा चाहिन्छ राजतन्त्र चाहिन्छ र यो चोकको नाम वीरेन्द्र भनेर हुँदैन सालिक पनि चाहिन्छ भनेर हामँ सालिक राखेका हौं । इतिहास मेटाइनु हुन्न’, उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति