काठमाडौँ, १४ पुस । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।घटनामा संलग्न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको गिरीले बताए ।
नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ७ पक्राउ
प्रतिक्रिया