दुर्घटना अपडेट: मृतकको संख्या ६ पुग्यो

रौतहट १३ पुस । रौतहटको चन्द्रपुर(गौर सडक खण्डको जयनगर नजिक स्कारपिओ जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।
चारजनाको घटनास्थलमा नै र २ जनाको उपचारको क्रममा ज्यान गएको हो ।दुर्घटना हुदा गाड़ी भित्र रहेका ९ जना मध्य ६ जनाको मृत्यु भएको हो । तीन जना घाइते छन । मृतक सवै गढीमाइ नपा ३ का रहेका छन ।

उनीहरु रौतहट को गढीमाइ नपा पर्सागम्हरिया बाट परोहा नगरपालिका को नरकटिया टोल जान्ती गएका थिए ।बिवाह कार्यक्रम सकेर घर फर्कने क्रम मा जीपका यात्रु मध्ये १६ बर्षीय सेख नौसाद,२२ बर्षीय सेख सैनुल्लाह,५५ बर्षीय मारूफ मिया अंसारी र २५ बर्षीय सेख छोटु भन्ने अफ्ताव, शेख असरद र शेख अब्लेस को मृत्यु भएको गरुडाका डिएसपी श्रीराम भण्डारीले जनाएका छन । जीप सडक किनारको बिजुली को पोल मा ठक्कीएर दुर्घटना भएको डिएसपी भण्डारी ले जानकारी दिए ।

जन्ती चढेको भारतीय नम्वरको बिआर शून्य ५ पिए ६९५३ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते एक जनाको नेशनल मेडिकल बिरगजमा शेख अजिबुल्लाह र दुइजना शेखअलफाज र शेख अमानत को गरुडा स्थित ग्रान्डी अस्पताल मा उपचार भैरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति