काठमाडौं, १३ पुस। आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थाका कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सञ्चालन गरेको छ। कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीका लागि सुर्खेतमा सो तालिम प्रदान गरेको हो।कम्पनीका अनुसार तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तिय जोखिमांकको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा अन्डरराईटिङ्ग प्रमुख सुदीप राणाबाट विस्तृत जानकारी दिइयो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाधन विभाग प्रमुख मनोज चौधरीको समेत उक्त तालिममा सहभागिता रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया