उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं, १३ पुस । नेपाली राष्टिय महिला भलिबल टोलीले एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि रक्षा गर्दै इतिहास दोहोर्याएको छ। सेन्ट्रल जोनमा उत्कृष्ट प्रर्दशन गर्दै महिला टोलीले उज्बेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै इतिहास रचेको हो। बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नवप्रवेशी टोली उज्बेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले उज्बेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ ले जित निकालेको हो।पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो। यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेटमा सुरुवातबाट नै पछि परेको नेपाल २४–२४ को अवस्थामा थियो। दोस्रो सेट नेपालले २६–२४ ले गुमायो। तेस्रो सेटमा एक समय १०–११ ले पछि परेको नेपालले अग्रता बनाउँदै खेललाई १८–११ को अवस्थामा ल्यायो। उत्कृष्ट प्रर्दशन गरेको नेपालले तेस्रो सेट २५–१५ ले जित्यो। चौथो सेट २५–२२ ले गुमाउन पुग्यो। राउण्ड रोविनको खेलमा नेपालले उज्बेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति