माओवादीमा समानुपातिक समावेशी संख्या छुट्याउन समिति गठन

काठमाडौँ, १३ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । संविधान र पार्टीको विधान व्यवस्था अनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरिएको हो ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिने स्थायी कमिटीले निर्णय गरेको हो ।

समिति सदस्य श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष हुन् ।माओवादी केन्द्रले यसअघि १५ सदस्सीय पदाधिकारी बनाउने विधान पारित गरेको छ ।

पदाधिकारीमा पनि ३५ प्रतिशित महिला अनिवार्य गरिएको छ । सबैको समावेशी प्रतिनिधित्व छुट्याउनका लागि कमिटी गठन गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति