काठमाडौँ, १३ पुस । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता भएको छ । मंगलबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता भएको हो।राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् । एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो । माधव नेपालले त्यसपछि क्रान्तिकारी कम्युनिस्टबीच एकताको घोषणा गरेका हुन ।
एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता
प्रतिक्रिया