कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?


काठमाडौं । सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।

‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व। यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।

१९ कमान्डर को कता ?

सशस्त्र विदोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपता पारिए भने कोही कृषि पेसामा संलग्न छन् ।

‘जनयुद्ध’ घोषणा भएको बेलाका केन्द्रीय समितिमा पुष्पकमल दाहाल, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व. यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने, दिनेश शर्मा र फणीन्द्र आचार्य थिए ।

यी १९ कमान्डरमध्ये आठ जना नेता माओवादी केन्द्रमै छन् । दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रमा हरिबोल गजुरेल, मातृका यादव, देव गुरुङ, फम्फा भुसाल, फणीन्द्र आचार्य रहेका छन् । अग्निप्रसाद सापकोटा सभामुख अहिले सभामुख छन् । उनी माओवादी केन्द्रबाट सभामुख भएका हुन् । यादव माओवादीबाट विद्रोह गरेर केही समय आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरेर सक्रिय थिए । पछि पुनः माओवादीमै फर्किए ।

मोहन वैद्य किरणले नेकपा क्रान्तिकारी माओवादी पार्टी गठन गरेका छन् । फरक मत राख्दै उनले छुट्टै पार्टी गठन गरेर अध्यक्ष भएका हुन् । वैद्य नेतृत्वको पार्टीमा ती १९ मध्येका हरिभक्त कँडेल प्रवक्ता छन् । सीपी गजुरेल र दिनेश शर्मा सागर पनि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमै छन् ।

डा। बाबुराम भट्टराईले संविधान घोषणापश्चात् नयाँ शक्ति पार्टी गठन गरे । केही समयपछि उनले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर अहिले जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षका रूपमा सक्रिय छन् ।

पोष्टबहादुर बोगटीको हृदयाघातका कारण मृत्यु भइसकेको छ भने लोकेन्द्र विष्ट राजनीति छोडेर कृषि पेसामा सक्रिय छन् । नारायणप्रसाद शर्मा माओवादीबाट विद्रोह गरिसकेका छन् । एमसीसी विरोधी अभियानमा सक्रिय शर्मा अहिले छुट्टै राजनीतिक दल गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

बादल र रायमाझी एमालेमा छन् । एमालेको हालै सम्पन्न १०औं महाधिवेशनबाट बादल उपाध्यक्ष र रायमाझी सचिवमा निर्वाचित भइसकेका छन् । यानप्रसाद गौतम राज्यपक्षबाट मारिए भने दण्डपाणि न्यौपाने बेपता पारिएका छन् ।

१९ सदस्यीयदेखि ४ हजारसम्मको समिति

माओवादीले सशस्त्र ‘जनयुद्ध’को घोषणा गर्दै भूमिगत भएको बेला उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । ‘जनयुद्ध’कै बेला विभिन्न समयमा केन्द्रीय सदस्यमा मनोनीत गर्दै जाँदा ९९ सदस्यीय समिति भएको थियो ।

माओवादीको केन्द्रीय सदस्यहरूको विवरण हेर्दा २०५२ सालमा ‘जनयुद्ध’ थाल्नुअघि केन्द्रीय समितिमा १९ जना थिए । २०५५ सालको चौथो विस्तारित बैठकबाट ३५ सदस्यीय केन्द्रीय समिति बनेको थियो । त्यसबीचमा धेरै नेताहरू बढुवा भएर केन्द्रीय समितिमा आएका थिए ।

माओवादीले २०५८ सालपछि केन्द्रीय कमिटीको संख्या बढाउँदै लग्यो । १९ सदस्यीय केन्द्रीय समितिबाट, ३५ सदस्यीय केन्द्रीय समिति बन्यो । ३५ सदस्यीय केन्द्रीय समितिबाट ९९ सदस्यीय केन्द्रीय समिति बन्यो । १ सय २४, १ सय ५० सदस्यीय हुँदै ३ जेठ २०७५ मा एमालेसँग एकतासमेत भयो । एमालेसँग एकता हुनुभन्दा अघिसम्म माओवादी केन्द्रको ४ हजार सदस्यीय केन्द्रीय कमिटीको अभ्यास पनि भएको थियो ।

अहिले माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय समिति २ सय ९९ सदस्यीय रहने उल्लेख गरिएको छ । महाधिवेशन सुरु हुनुभन्दा अघि बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय ग¥यो । यद्यपि, महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढ्न सक्ने प्रवक्ता महरा बताउँछन् ।

२०५२ सालमा प्रचण्डको नेतृत्वमा १९ सदस्यीय केन्द्रीय समिति थियो । ‘जनयुद्ध’मा होमिनुअघि बसेको केन्द्रीय समितिको बैठकमा नेताहरू निकै भावुक देखिन्थे । बन्दुक बोकेर हिँडिसकेपछि अब कोको बाँचिएला, फेरि भेट होला कि नहोला भन्दै उनीहरूले सामूहिक तस्बिर खिचाए । तर, त्यो तस्बिर अहिलेसम्म सार्वजनिक भएको छैन ।

१० वर्षे ‘जनयुद्ध’का क्रममा आठ जना केन्द्रीय सदस्यले बलिदानी दिए । एक जना केन्द्रीय सदस्य गिरफ्तारपछि बेपत्ता पारिए । अन्ततः शान्ति प्रक्रियामा आउँदा अध्यक्ष प्रचण्डसहित विद्रोही माओवादीका नेताहरू काठमाडौंमा सार्वजनिक भए ।

‘जनयुद्ध’मा होमिनुभन्दा अघि सामूहिक फोटो खिचेर सशस्त्र ‘जनयुद्ध’मा होमिएपछि केन्द्रीय नेताहरूमध्ये सुरेश वाग्ले, रीतबहादुर खड्का, नेपबहादुर केसी, शेरमान कुँवर, मोहनचन्द्र गौतम र किमबहादुर थापा राज्य पक्षबाट मारिए ।

केन्द्रीय सल्लाहकार तेजमान घर्तीले कपिलवस्तुमा आत्मघाती ग्रिनेट विस्फोटमा परी ज्यान गुमाए । केन्द्रीय नेता यानप्रसाद गौतम ‘आलोक’ पार्टीको आन्तरिक हिरासतमा रहेका बेला सेनाद्वारा मारिए । केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने गिरफ्तारपछि बेपत्ता पारिए । अहिलेसम्म केन्द्रीय सदस्य न्यौपानेको न सास भेटियो, न लास भेटिएको छ ।

‘जनयुद्ध’कै क्रममा केन्द्रीय सदस्य भएकाहरू

‘जनयुद्ध’कै क्रममा विभिन्न समयमा केन्द्रीय समितिमा नेताहरू मनोनीत भए । अहिलेको चर्चित केही नेतापछि ‘जनयुद्ध’का क्रममा मनोनीत भएका थिए । २०५५ सालमा चौथो विस्तारित बैठकबाट विप्लव, वर्षमान, जनार्दनलगायतका नेताहरू केन्द्रीय सदस्यमा एकसाथ मनोनीत भएका थिए । त्यसपछि २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमा थप नेताहरू केन्द्रीय सदस्यमा आएका थिए ।

२०५३ सालमा हेमन्तप्रकाश वली सदुर्शन र कृष्णबहादुर महरा केन्द्रीय समितिमा मनोनीत भएका थिए । यस्तै, २०५५ सालमा नेत्रविक्रम चन्द विप्लव, हितमान शाक्य, चन्द्रप्रकाश खनाल बलदेव, वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, शक्तिबहादुर बस्नेत, मणि थापा, रवीन्द्र श्रेष्ठ केन्द्रीय समितिमा मनोनीत भएका थिए ।

यसैगरी, २०५७ सालको सम्मेलनबाट देवेन्द्र पौडेल हिसिला यमी, राम कार्की, धर्मेन्द्र बास्तोला, हितराज पाण्डे, नन्दकिशोर पुन पसाङ ९हाल उपराष्ट्रपति०, कुलबहादुर केसी सोनाम ९हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री०, खडगबहादुर विश्वकर्मा, दिनानाथ शर्मा केन्द्रीय समितिमा आएका हुन् ।

२०५९(६० मा इन्द्रमोहन सिग्देल, गोपाल किराती, प्रभु साह, हितबहादुर तामाङ, नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’लगायतका नेताहरू केन्द्रीय समितिको सदस्य भएका थिए ।

‘जनयुद्ध’कालीन ३५ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये १८ भन्दा बढी नेताहरूले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र छोडिसकेका छन् । केहीले छुट्टै पार्टी गठन गरेका छन् भने केही नेता अर्कै पार्टीमा गइसकेका छन् ।

वैद्य, डा। भट्टराई, विप्लव, बादल, रायमाझी, किराती, भट्ट, विष्ट, सिग्देल, वली, बास्तोला, विश्वकर्मा, यमी, गजुरेल, कँडेल, साहलगायतका नेताहरूले माओवादी छोडिसकेका छन् ।

एक माओवादी पार्टीबाट आठ माओवादी पार्टी

१० वर्षे ‘जनयुद्ध’पश्चात् माओवादी अहिले विभिन्न आठ समूहमा विभाजित भएको छ । माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड आफंै रहेका छन् । माओवादी केन्द्रको दोस्रो वरीयताका नेता वैद्यले नेकपा क्रान्तिकारी माओवादी गठन गरेका छन् । वैद्य अध्यक्ष रहेको पार्टीमा सीपी गजुरेल, हरिभक्त कँडेल, दिनेश शर्मा सागर, इन्द्रमोहन सिग्देललगायतका नेता रहेका छन् ।

नारायण शर्मा एमसीसी सम्झौताको विरोध अभियानमा लागेका छन् । उनी माओवादी परित्याग गरी छुट्टै पार्टी गठन गर्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । नेत्रविक्रम चन्द विप्लवले नेकपा गठन गरेका छन् । विप्लव नेतृत्वको पार्टीमा हेमन्तप्रकाश वली सुदर्शन, धर्मेन्द्र बास्तोला, खडगबहादुर विश्वकर्मालगायतका नेताहरू रहेका छन् ।

मणि थापाले माओवादी विद्रोह गरी विगतमा छुट्टै पार्टी गठन गरी सक्रिय थिए । अहिले उनी एमाले स्थायी कमिटी सदस्य छन् । मातृका यादवले समेत विगतमा माओवादी परित्याग गरी छुट्टै पार्टी गठन गरेका थिए । तर, पछि उनी पुनः माओवादीमै फर्किए । अहिले उनी माओवादी केन्द्रमा सक्रिय छन् ।

शान्ति प्रक्रियापश्चात् रवीन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका थिए । पछि उनी एमालेबाट मन्त्रीसमेत भए । अहिले उनले नेकपा बोलसेभिक पार्टी गठन गरेका छन् । गोपाल किराँतीले समेत माओवादी परित्याग गरेका छन् । उनी अहिले नेकपा माओवादीका अध्यक्षका रूपमा सक्रिय छन् ।

बादल, रायमाझी, थापा, लेखराज भट्ट, साहलगायतका नेताहरू अहिले एमालेमा छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पूर्वमाओवादीबीच एकता गर्दै अगाडि बढनुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रको जारी महाधिवेशनले कस्तो नीति अवलम्बन गर्छ रु सोहीअनुसार पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कि नउभिने भन्ने कुरा निर्धारण हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति