८ औं महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न बनाइएका २५ समूह

काठमाडौं, १२ पुस । माओवादी केन्द्रको जारी ८औं महाधिवेशन अन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ। ती समूहहरूले अहिले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन् । यसका लागि विभिन्न प्रदेश र जनवर्गीय संगठनहरूका छुट्टाछुट्टै समूह बनाइएको छ ।महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गरिरहेका छन् ।विभिन्न समूहका लागि एमके प्रसाईं, नन्दकुमार थापा, हर्क नेम्वाङ, गणेश साह, चक्रपाणी खनाल, गायत्री गुरूङ, लक्ष्मण पन्त, विमला केसी, खगराज भट्ट, माया प्रसाद शर्मा, जगत सिंखडा, श्रीकृष्ण अधिकारी, सरल सहयात्री र विष्णु पुकार श्रेष्ठ, अमृता थापामगरलाई विभिन्न समूहका संयोजकको रुपमा तोकिएको छ ।

प्रतिवेदनमाथि छलफलका लागि अध्यक्ष मण्डलले तयार पारेका समूह यस्ता छन् :

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)

२) सल्लाहकार परिषद् (प्रज्ञा भवन)

३) सल्लाहकार परिषद ( प्रज्ञा भवन)

४) प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)

५) प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)

६) प्रदेश २ क.( पारिजात हल प्रज्ञा )

७) प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)

८) लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)

९) लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)

१०) गण्डकी क.(पेरिसडांडा )

११) गण्डकी ख.(पेरिसडांडा)

१२) प्रवास( पेरिसडांडा )

१३) कर्णाली क.(ए वान पार्टी प्यालेस )

१४) कर्णाली ख.(ए वान पार्टी प्यालेस )

१५) सुदूपश्चिम क(ए वान पार्टी प्यालेस)

१६) सुदूपश्चिम ख( ए वान पार्टी प्यालेस)

१७) विभाग क.(क्वालिटी ब्याङ्क्विट)

१८) विभाग क.(क्वालिटी ब्याङ्क्विट)

१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)

२०) सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

२१) सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस

२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)

२३) वागमती ख.(वानेश्वर ब्याङ्क्विट)

२४) आयोग (काठमाडौं ब्याङ्क्विट)

२५) जवस, मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति