प्रचण्डको राजनीतिक प्रतिवेदन : ओली प्रतिगामी र दलाल, माओवादी घटक र माधव नेपालसँग एकता र सहकार्य

काठमाडौं, १२ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली सामन्ती दलाल भएको टिप्पणी गरेका छन् । सोमबारबाट सुरु भएको माओवादी केन्द्रको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रसंशा गरेका छन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीको कटू आलोचना गरे पनि शान्तिवार्ताको लागि सहयोगी भूमिका खेलेका तत्कालिन एमाले महासचिव माधव नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालाको प्रशंसा गरेका हुन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा भनिएको छ : महाधिवेशन नहुँदासम्म तत्कालीन नेकपाका दुई अध्यक्ष (ओली र प्रचण्ड)ले समान हैसियत र आलोलोपालो प्रणालीमा बैठकको अध्यक्षता गर्ने र सरकारको नेतृत्व पनि समान अवधिका लागि आलोपालो गर्ने सहमति भएको थियो । राजनीति प्रतिवेदन विधान र संगठनको प्रतिवेदनले एकता प्रक्रियालाई सहि सावित गरेको छ ।

केपी ओलीको चरम व्यक्तिवादी र अहंकार, सहमतिका विपरित निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको माक्र्सवाद विरोधी सामन्ती दलाल पुँजीवाद र वैदेशिक शक्तिका सामू आत्मसमर्पण गर्ने चरीत्रका कारण पार्टीभित्र चरम गुटबन्दी र अस्वस्थ अन्तरसंघर्षको विकास भयो । यो अन्तरसंघर्षको प्रक्रिया आफ्नो पराजय निश्चित देखिएपछि ओली गूटले संविधान नै खारेज गर्ने नियतका साथ संसद् विघटन गर्न पुग्यो । अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो । त्यस्तो विषम परिस्थितिमा पनि पार्टीले एकताको रक्षा गर्ने र ओलीका गलत विचार, प्रवृति र कार्यशैली सच्याउन अन्तिम समयसम्म पनि पार्टीले प्रयास गरिरह्यो । तर ओली गूट झन् पछि झन् अनुशासनको खिल्ली उडाउँदै प्रतिगमतको यात्रामा अगाडि बढ्यो ।

केन्द्रीय समितिको दुई तिहाईभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यबाट निस्कासित ग¥यो । भने संसदीय दलको बहुमतले उनलाई दलको नेताबाट पनि निष्कासित ग¥यो । आधिकारीक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजीर विपरित र अन्त्यमा सर्वोच्च अदालतको अस्वभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइयो । पार्टी एकतालाई असफल तुल्याइयो ।

आज पनि ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै वृहत कम्युनिस्ट एकता कायम नै छ । हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहने छ । विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति