माओवादी बन्द सत्र शुरु : महराको अध्यक्षतामा ७ सदस्यीय अध्यक्षमण्डल चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको दोस्रो दिनको बन्द सत्र शुरु भएको छ । बन्द सत्रका लागि पार्टी प्रवक्ता कृष्णबहादुर महराको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।
अध्यक्ष मण्डलका सदस्यहरुमा गिरिराजमणि पोखरेल, गणेश शह, परशुराम तामांग, परशुराम रम्तेल, पूर्णा सुवेदी र रुपा महर्जन रहेका छन् । सदस्य परशुराम रम्तेले जनयुद्ध शुरु भएपछिका पहिलो शहिद दिल बहादुर रम्तेलका पिता हुन् । उनी गोरखका हुन् ।
आजको बन्द सत्र मा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यअmम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति