सन्नी लियोनलाई मध्यप्रदेशका मन्त्रीको चेतावनी : म्युजिक भिडियो ३ दिनभित्र हटाउनू


काठमाडौँ, ११ पुस ।  भारतको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले बलिउड अभिनेत्री सन्नी लियोन र संगीतकार सकिब तोसीलाई उनीहरूको म्युजिक भिडियो हटाउन चेतावनी दिएका छन् ।

सन्नीले डान्स गरेको ुमधुवनमे राधिका नाचेु गीतको भिडियोलाई अश्लील तथा आपत्तिजनक भन्दै मन्त्री मिश्राले तीन दिनभित्र हटाउन अल्टिमेटम दिएका हुन् । जुन गीत पुरानो फिल्म कोहीहूनर को थियो ।

मिश्राले उक्त गीतको भिडियोलाई आपत्तिजनक भन्दै भिडियो नहटाए कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । साथै भिडियोले हिन्दु भावनामाथि चोट पुर्‍याएको पनि मन्त्री मिश्राको दाबी छ।

केही मान्छेहरूले निरन्तर रुपमा हिन्दु भावनामा चोट पुर्‍याइरहेका छन् । यहाँ राधाका मन्दिर छन् । हामी उहाँलाई प्रार्थना गर्छौं । साबिक तोसीले आफ्नो धर्मका गीत बनाउन सक्छन् । तर यस्ता गीतले हामीलाई चित्त दुखाउँछन् । यदी भिडियो तीन दिनभित्र हटाइएन भने म कानुनी सल्लाह लिएर कारबाही गर्छु, मन्त्री मिश्राले भनेका छन् ।

सन्नी लियोनको उक्त भिडियो हटाउन चेतावनी दिने मध्यप्रदेशका गृहमन्त्री मिश्रा एक्लो व्यक्ति भने हैनन् । यसअघि उत्तर प्रदेशका हिन्दु पुजारीहरूले पनि धम्की दिएका छन् ।

उत्तर प्रदेशका हिन्दु पुजारी सन्त नवल गिरी महाराजले यदी सरकारले कानुनी कारबाही नगरेका आफूहरू भिडियोका विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

यदी सरकारले कदम चालेन र भिडियो बन्द गरेन भने हामी यसविरुद्ध अदालत जानेछौं, सन्त नवल गिरी महाराजले भने । साथै सन्नी लियोनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि उनले बताएका छन् ।

सन्नी लियोनले नाचेको उक्त गीतको भिडियो रियालिटी शो सारेगम म्युजिकले बुधबार सार्वजनिक गरेको थियो । जहाँ हिन्दु मिथका दुई आदर्श पात्र कृष्ण र राधाबीचको प्रेम दर्शाइएको छ । उक्त गीत कनिका कपुर र अरिन्दम चक्रवर्तीले गाएका हुन्।

मन्त्री नरोत्तम मिश्राले यसै महिनाको सुरुमा कमेडियन कुनल कम्रा र कनुवर फारुकीलाई निमन्त्रणा गरेकोमा कंग्रेस नेता दिग्विजय सिंहविरुद्ध आक्रोशित बनेका थिए । यस्तै उनले अर्का फेसन डिजाइनर सब्यासाची मुखर्जीलाई उनले संकलन गरेको गहनालाई लिएर आपत्ति जनाउनुका साथै धम्की दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति