काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध सुध्रिदै गएको छ । आफ्नो महाधिवेशनमा ओलीलाई निम्तो गरेको र उनले आउन चाहँदा चाहँदै झापामा रहेकाले आउन नसकेको बताउदै प्रचण्डले एमालेसमक्ष यो पनि प्रस्ताव राखेका छन् कि पार्टी एकता गल्ती थिएन, फेरि एकचोटि आत्मसमीक्षा गरौँ । आइतबार महाधिवेशन उद्घाटन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेललाई प्रशंसा गर्दै प्रचण्डले भने, ‘महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो पनि हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो ।
र, सबभन्दा मलाई मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’ माओवादी अध्यक्ष प्रचण्डले अगाडि भने, ‘कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ रु के कारणले यत्रो सपना हामी आफैँले भत्कायौँ रु त्यसको समीक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ । उहाँ (शंकर पोखरेल) ले जुन स्पिरिटमा राख्नुभएको छ, हाम्रा लागि पनि त्यो चिन्तन मनन गर्न लायक छ ।’
प्रतिक्रिया