माओवादी महाधिवेशन प्रतिनिधि १७ सय : भोलिदेखि प्रज्ञा भवनमै बन्दसत्र

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रतिनिधिको संख्या १७ सय पुगेको छ। सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताएको थियो। त्यसपछि १६ सय ३८ प्रतिनिधि पुगेको बताइएको थियो।तर राष्ट्रिय सम्मेलनलाई महाधिवेशन प्रतिनिधिमा परिणत गरेसँगै महाधिवेशन प्रतिनिधि संख्या पनि बढेका हुन्।महाधिवेशनमा प्रतिनिधि संख्या १७ सय पुगेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। बन्दसत्र प्रज्ञा प्रतिस्ठानकै भवनमा हुनेछ।मा‌ओवादीले भोलि सोमबार बिहान ११ बजेदेखि बन्द सत्र थाल्ने भएको छ। भोलि ११ बजेदेखिबन्द सत्र सुरु हुन्छ ।

सुरुमा राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले शनिबार बेलुका त्यसलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव स्थायी समितिबाट निर्णय गरेर केन्द्रिय समितिमा पठाएको थियो। आइतबार बिहान बसेको केन्द्रीय समितिले उक्त निर्णय अनुमोदन गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति