ओलीकै शैलीमा प्रचण्ड, महाधिवेशनस्थलमा स्ट्याचु

काडमाडौं, ११ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याउँदै माओवादीले महाधिवेशनस्थललाई प्रचण्डमय बनाएको छ। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन प्रज्ञा भवन, कमलादीमा भइरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्ट्याचु राखिपछि महाधिवेशनस्थललाई प्रचण्डमय भएको हो ।

महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहँदा प्रचण्डको स्ट्याचु ल्याएर स्थापित गरिएको हो। यो महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै निरन्तर हुने पक्का जस्तै छ।

यस्तोमा प्रचार, पम्प्लेटदेखि तुल ब्यानरसम्म प्रचण्डका तस्बिर सजाइएको छ।कार्यकर्ताहरूले महाधिवेशनस्थलमा अब प्रचण्डको एउटा स्ट्याचु पनि ल्याएर राखेका हुन्। अहिले त्यो स्ट्याचुसँगै फोटो खिचाउन माओवादी कार्यकर्ताहरूको घुइँचो लागेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति