काठमाडौँ, ११ पुस । लामो समयपछि विभिन्न २० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलगायत विभिन्न २० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । त्यस्तै, गुर्खाज फाइनान्स ५.५७, सनराइज फस्ट म्युचुअल फण्ड ३.११, माउण्टेन इनर्जी ३.११, ग्रीन हाइड्रोपावर २.९६ र विशाल बजार कम्पनीका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५५ अर्ब ३१ करोड ८४ लाख १५५ बराबर पुगेको छ ।
नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३८ अङ्कले बढेर ४८२.७४ मा पुगेको छ । कूल २३१ कम्पनीको ८६ लाख एक हजार ९५६ कित्ता शेयर रु पाँच अर्ब १७ करोड ३२ लाख ५०३ मूल्यमा खरिद बिक्री भए ।
प्रतिक्रिया