एउटा लक्ष्यको लागि आन्दोलन गरेको माओवादी अहिले अन्तै मोडिएको छ : महासचिव मैनाली


काठमाडौं, ११ पुस । नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले नयाँ विचार लिएर नवजीवन पाओस् भनेर शुभकामना दिए । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उनले विगतका कैयौँ आन्दोलनको उपलब्धि रक्षा गर्न र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न माओवादी केन्दित हुनपर्ने बताए । विश्व चर्चित आन्दोलनबाट आएको माओवादीले नागरिकका कैयौँ प्रश्नको सम्बोधन गर्नुपर्ने मैनालीको भनाइ छ ।माओवादीले एउटा लक्ष्यको लागि आन्दोलन गरे पनि अर्कै बाटो समातेकाले आम नागरिकमा नमेटिने गरी जिज्ञासा उठेको मैनालीले बताए । ‘माओवादीले लिएको लक्ष्यलाई केले अपहरण गर्‍यो, या त्यो लक्ष्य नै गलत थियो, अब माओवादीले जवाफ दिनुपर्ला’, मैनालीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति