महाधिवेशनमा माओवादीले देशको स्वाधीनता जोगाउने विषयमा छलफल गरोस् : कुन्ती शाही

काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी महामन्त्री कुन्ती शाहीले माओवादीको महाधिवेशनमा देशको स्वाधीनताको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । महाधिवेशनमा आज आइतवार शुभकामना दिन पुगेकी महामन्त्री शाहीले अहिले पनि लाखौँ युवा विदेशमा दुःख गर्न बाध्य रहेको, देशमा अस्थिरताको कालो बादल मडारिएको, देशको स्वाधीनता खतरामा परेको अवस्थामा माओवादीको महाधिवेशनले एउटा नयाँ निष्कर्ष निकाल्नुपर्ने बताइन। राप्रपा र माओवादीबीच विचार र वादमा फरक भए पनि स्वाधीनता र देशको रक्षा गर्ने सवालमा एकै ठाउँमा उभिनुपर्ने राप्रपाकी महामन्त्री शाहीले बताइन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति