महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्छ: अध्यक्ष प्रचण्ड


काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्सेतुङको १२९ औं जन्मजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गरेका छन्।माओकै जन्मजयन्तीको अवसर पारेर माओवादीले आजदेखि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागिरहेको छ।

प्रचण्डले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै ‘महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन विशेष अपील’ समेत गरेका छन्।महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने प्रचण्डले जनाएका छन् ।मालेमावादी विश्वदृष्टिकोणको आलोकमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डले उल्लेख गरेका छन् ।

‘मालेमावादी विश्वदृष्टिकोणको आलोकमा हाम्रो पार्टीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको छ,’ प्रचण्डले भनेका छन्, ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो गौरवशाली पार्टीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्दैछ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति