महाधिवेशन उद्घाटनमा माओवादी केन्द्रले बोलायो ११ पार्टीलाई, एमाले पनि छुटाएन

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आज (आइतबार) काठमाडौंमा सुरु हुँदै छ। पहिले राष्ट्रिय सम्मेलन भनेको माओवादी केन्द्रले अन्तिममा यसैलाई आठौं महाधिवेशनको रूप दिने निर्णय गरेको हो। यसअघि २०५९ माघमा हेटौंडामा माओवादी केन्द्रको सातौं महाधिवेशन भएको थियो।

आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ।
उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ। माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत ११ पार्टीलाई निमन्त्रणा गरिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति