प्रहरीकै मोटरसाइकलमा जेलका नाइके फरार

दाङ, ९ पुस । जन्मकैद सजाय भुक्तानी गरिरहेका एक जना कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका राजपुर गाउँपालिका स्थायी घर भएका कैदी जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका हुन् ।

परियारले आफू बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा प्रहरी जवान धनबहादुर चौधरीले मोटरसाइकलमा राखेर परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए ।उपचारको प्रक्रिया भइरहँदा प्रहरीलाई छक्याएर कैदी परियार मोटरसाइकलसहित फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।कारागारमा प्रहरी र सेना दुवै हुने भए पनि कैदीलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको भन्दै उनले सोहि क्रममा प्रहरी जवानले जेलको नाइके परियारलाई हत्कडी नलगाई आफै्र मोटरसाइकलमा हालेर अस्पताल लगेको बेला कैदी भागेको उनले बताए ।

उपचारका लागि बिहान साढे ११ बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पु¥याएका थिए । जिल्ला प्रहरी कार्यालयमा कैदी भागेको सूचना बेलुकी ४ बजे मात्रै आएको थियो ।एसपी काफ्लेले जिल्लाको सबै नाका बन्द गरेर भागेका कैदीको खोजी जारी रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति