भारतको अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

काठमाडौं, ९ पुस । भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ ।अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विस्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको थियो ।वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा हिजो भिड कम थियो । अदालत भित्र कसले र किन विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको सुरक्षा निकायले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति