एमालेले आफ्नै सूचना प्रणाली खडा गर्दै, यस्तो छ ७ सदस्यीय आइटी टीम

काठमाडौं, ७ पुस । नेकपा एमालेले आफ्नै सूचना प्रणालीको बिकाश गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले सात सदस्यीय आइटी टीम गठन गर्दै यस्तो निर्णय गरेको हो । यस टिमले पार्टीको आप्mनै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र सूचना प्रवाहकोकाममा प्राविधिक सहयोग गर्ने ।

पार्टी सदस्यको विवरण अद्यावधिक गर्न यसै टिमको प्राविधिक सल्लाहमा प्रत्येक जिल्लाले सूचना दुरुस्त राख्न सहयोग गर्ने एमालेले जनाएको छ ।केन्द्रीय कमिटी बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा यस बिषयमा थप स्पष्ट गर्दै भनिएको छ, ‘कार्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री तुल्याउन केन्द्रीय कार्यालयमा ७ सदस्यीय सूचना प्रविधि प्राविधिक (आइटी) टिमको व्यवस्था गर्ने। यस टिमले पार्टीको आप्mनै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र सूचना प्रवाहकोकाममा प्राविधिक सहयोग गर्ने । पार्टी सदस्यको विवरण अद्यावधिक गर्न यसैटिमको प्राविधिक सल्लाहमा प्रत्येक जिल्लालेसूचना दुरुस्त राख्न सहयोग गर्ने ।’

अपानिका अनुसार केन्द्रीय कार्यालबाट अब पार्टीको आफ्नै ईमेल सेवा व्यवस्था गरिनेछ । सबै केन्द्रीय सदस्य र मातहत कमिटीहरूले पार्टीको औपचारिक सूचना आदानरप्रदानमा सोही ईमेल प्रयोग गर्नुपर्नेछ ।

यस्तो छ आइटी टीम

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति