चेल्सी, लिभरपुल र टोटनहम कारबाओ कपको सेमिफाइनलमा

काठमाडौँ , ८ पुस । चेल्सी, लिभरपुल र टोटेनहम इंग्लिस कारबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।गएराती भएका खेलमा चेल्सीले बर्नफोर्डलाई २–०, लिभरपुलले लेस्टर सिटीलाई पेनाल्टीमा ५–४ र टोटेनहमले वेष्टह्यामलाई २–१ गोल अन्तरले हराएका हुन् । जितसँगै तीनै टिम सेमिफाइनल पुगेका हुन् ।
त्यसअघि आर्सनल सण्डरल्यान्डलाई ५–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगिसकेको छ । अब फाइनलका लागि लिभरपुल र आर्सनल तथा चेल्सी र टोटेनहम भिड्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति