काठमाडौं ७ पुस । चिनिया राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुनः माओवादी अध्यक्ष प्रचण्डसँग चुनावभन्दा पहिले नै एकता गर्न सल्लाह दिएकी छन् । सोमबार राजदूत यान्छीले नेता ओलीको निवासमा बालकोटमा झण्ड दुई घण्टा लामो छलफल गर्दै आगामी निर्वाचनभन्दा पहिले नै फेरि एकपटक वामपन्थी एकता हुनु पर्ने सल्लाह दिएको एमालेका एक पदाधिकारीले बताए । यान्छीले भेटमा समसामयिक विश्व परिस्थिति,चिनिया भूमिका, हालै चिनिया कम्युनिष्ट पार्टीले लिएका नयाँ नीतिका बारेमा ओलीलाई जनाकारी गराएकी थिइन । सोही क्रममा दक्षिण एशियाको भूराजनीतिक अवस्था र चिनिया चासोका बारेमा व्याख्या गर्दै नेपालमा पुनः एकपटक विगतको गल्ती कमजोरीप्रति समीक्षा गर्दै एमाले र माओवादी मिल्नुपर्ने चिनिया सरोकार रहेको राजदूत यान्छीले बताएको ओलीले उनी निकट एक नेतालाई बताएको स्रोतले नेपालपेजलाई बतायो ।
माओवादीसँग मिल्नु पर्ने राजदूत यान्छीको प्रस्तावमा आफू सकारात्मक रहे पनि प्रचण्ड तयार नभएको जबाफ दिएको स्रोतले बताएको छ । ओलीले राजदूत यान्छीलाई नै प्रचण्डलाई एकताका लागि दबाव दिन आग्रह गरेका थिए । एमालेको महाधिवेशन अघि र पछि पनि ओलीका निकटस्थ बरिष्ठ नेताले प्रचण्डलाई एमालेसँग सहकार्य गर्न प्रस्ताव गर्दा प्रचण्डले ठाडै अस्वीकार गरेको एक माओवादी नेताले बताए । माओवादीका ती बरिष्ठ नेताका अनुसार केपी ओलीले सार्वजनिक आत्मालोचना नगरेसम्म सकार्यको सम्भावना नरहेको जवाफ दिएका थिए ।
आगामी चुनवामा सहकार्य गर्नका लागि ओलीले पुरानै एकताको फर्मुलाकै आधारमा अघि बढ्न सकिने भन्दै प्रचण्डसँग एमाले महाधिवेश पहिले नै एक टेलिफोन सम्वादमा बताएका थिए । स्रोतका अनुसार आगामी निर्वाचन पहिले एकता हुने सम्भावना नरहेको भन्दै प्रचण्डले भेटेर कुरा गर्न पनि अनिच्छा देखाएपछि ओली प्रचण्डप्रति क्रुद्ध बनेका छन् ।
एक उच्च सस्रतका अनुसार चिनिया उच्च अधिकारीहरुले डिसेम्वर पहिलो हप्ता माओवादी अध्यक्ष प्रचण्डसँग लामो भिडियो सम्वाद गर्दै ओलीसँग मिल्न सुझाव दिएका थिए ।
त्यसलगत्तै चिनिया नेताले एमाले महासचिव शंकर पोखरेलसँग प्रचण्डसँग भएको सम्वादको समेत जानकारी गराएका थिए ।
एमालेको दशौं महाधिवेशन लगत्तै चिनिया उपमन्त्री चाओ युनले नवनिर्वाचित महासचिव शंकर पोखरेलसँग भिडियो वार्ता गरेका थिए । पोखरेलले आफूहरु एकताको पक्षमा रहे पनि भारतीय स्वार्थमा प्रचण्डले एकता गर्न नचाहेको चिनिया नेतालाई जबाफ दिएको बताइएको छ ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष ओली आगामी निर्वाचनमा माओवादीसँग सहकार्य नभएमा एमालेको चुनावी हैयित २०६४ सालको भन्दा कमजोर बन्ने विश्लेषण गर्दै जसरी पनि प्रचण्डसँग सहकार्य गर्ने रणनीति लिएका छन् ।
प्रचण्डलाई फकाउने वा दबव बढाउने जे गरेर भएपनि चुनावी तालमेलका लागि बाध्य पार्ने रणनीति ओलीले अघि बढाएका छन् ।
वर्तमान सत्ता गठवन्धन तोड्ने र प्रचण्डलाई सत्ता बाहिर बनाएर भएपनि एमालेसँग तालामेल गर्न बाध्य पार्ने रणनीति अपनाएका छन् । सोही योजना अनुसार ओलीले संसदबाट एमीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउने बचन दिएका छन् ।
चिनिया राजदूत यान्छीले ओलीसँगको भेटमा एमसीसी पास गर्न नहुने भन्दै त्यसका लागि पहल गर्न समेत आग्रह गरेकी थिइन् ।
माओवादीको राष्ट्रिय सम्मेलन लगत्तै एमसीसी संसदबाट पारित गर्ने आशामा अमेरिकी अधिकारीहरु र प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।
प्रतिक्रिया