सर्वोच्चले सोच्न बाध्य बनायो – प्रवक्ता महरा

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अहिलेको संसदीय व्यवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले यहि पुस ११ देखि काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

उनले सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन नेकपा खारेज गर्ने गरी दिएको फैसलाले संसदीय व्यवस्थाबारे आफूहरूलाई सोच्न बाध्य बनाएको पनि बताए। हामी यो राष्ट्रिय सम्मेलनमा संसदीय व्यवस्थाबारे गम्भीर समीक्षा गर्छौुं , उने भने, सर्वोच्चले गरेको फैसलाले पनि हामीलाई समीक्षा गराउन बाध्य बनायो।उनले माओवादी शान्ति प्रक्रियामा आएपछि धेरै उतारचढाव भोगेको पनि बताएका छन्। हामी शान्ति प्रक्रियामा आएपछि धेरै उतारचढाव भोग्यौँ। हामी यसबीचमा किन सानो दलमा सीमित भयौँ।

कसरी यस्तो हुन गयोरुु, उनले भने, यसको हामी समीक्षा गर्दैछौँ। हामी पार्टी निर्माणका क्रममा अरु पार्टी जस्तो भयौँ कि भन्ने चिन्ता छ। तर हामी अरु भन्दा फरक छौँ। जनवादी केन्द्रीयता हाम्रो सिद्धान्त हो। यो पटकको सम्मेलनमा हामी नयाँ विचार निर्माण गर्छौँ।उनले राष्ट्रिय सम्मेलन विचार निर्माणमा केन्द्रित हुने पनि बताए।

विचार निर्माणको प्रश्न हाम्रा लागि अहिले पहिलो होु, उनले भने, हामी यो सम्मेलनबाट एउटा विचार निर्माण गर्छौ। क्रान्ति सम्पन्न गर्न जरुरी छ, त्यसकै लागि हामी छलफल गर्दैछौँ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति