काठमाडौं, ७ पुस। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहे पनि प्रतिनिधि सभाको बैठक लगातार दोस्रो दिन बस्न लागेको हो। एमाले अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम अगाडि बढाइरहेको छ। संघीय संसद् सचिवालयका अनुसार आज बैठक दिउँसो १ बजे बस्नेछ। बैठकका लागि सम्भावित ९ कार्यक्रम तय गरिएको छ। तर बहुप्रतिक्षित एमसीसी आजको कार्यसूचीमा पनि परेको छैन।

प्रतिक्रिया