कपिलबस्तु, ६ पुस । कपिलबस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समुहसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन्। कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गरेका हुन । गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय रहेको सोही सभामा उपस्थित एमाले केन्द्रीय सदस्इ तथा प्यूठान इञ्चार्ज सूर्य थापाले जानकारी दिए । गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाउने थापाले दावी गरे ।
कपिलबस्तुका चर्चित नेता गुप्ता आफ्ना समुहसहित एमालेमा प्रवेश
प्रतिक्रिया