संसदमा मेरो उपस्थितिले केपीको सातो गएको छ : अध्यक्ष नेपाल


पोखरा, ६ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेश कमिटीले पोखरामा आज (मंगलबार) आयोजना गरेको गण्डकी प्रदेश स्तरिय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘म आज संसद जानैपर्ने नत्र अर्को प्रचार गर्न बेर छैन माधव कुमार नेपाल भाग्यो भनेर । कति गाह्रो छ हेर्नुस, अहिले म बाहिर भएको मौकामा आएर केपी ओली छिर्न बेर छैन, उनले भने ‘कमसेकम मेरो उपस्थितिले केपीको सातो त गैराछा नी । सातो जाओस । केही मतलब छैन । नेपाली जनताको सातो कायम रहनुपर्छ ।’

ओलीले एकीकृत समाजवादीलाई सत्रु घोषणा गरेको अध्यक्ष नेपालले टिप्पणी गरे । ‘हामीलाई सत्रु घोषणा गरेको छ । अनुहार पनि हेर्दिन भन्याछ । तर कस्तो संयोग नेपाली कांग्रैसको कार्यक्रममा अनुहार हेर्दै जानुपरेछ, उनले थपे ‘त्यो नेपाली कांग्रेको कार्यक्रममा जान हुने एउटै स्टेजमा बस्न पनि हुने अरु ठाउँमा हामीलाई छुवाछुटको व्यवहार गर्ने अहिले आईरहेका छैनन् संसदको वैठकहरुमा । आउँछन् नारा लगाउँन सुरु गर्छन । नारा लगाउन सिकाको होकी क्याहो ?’

अध्यक्ष नेपालले ओलीको नेतृत्वको पार्टी प्रमुख प्रतिद्वन्दी रहेको बताउदै नयां आन्दोलन सुरु गरेको बताए । ‘नेपाल राष्ट्रको गरिमा माथी उठ्नु पर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलन लोकप्रिय बनाउन सक्नुपर्छ । हाम्रो ध्येय त्यही नै हो, उनले भने, ‘नेपाली जनताको सेवा गर्नुपर्छ । नेपाली जनताको विश्वास जित्नुपर्छ ।

राजनीतिको मर्म नै त्यही हो । यो वामपंथी राजनीतिको मर्मलाई आत्मसाथ गरेर हामी यो आन्दोलन सुरु गरेका छौ । नयां उचाईमा पुर्याएका छौ । चुनौतीको सामना गरेका छौ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति