काठमाडौ, ५ पुस । पछिल्लो २४ घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २१८ पीसीआर र २ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ४ हजार १४१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण २ हजार ७२५ र एन्टिजेन परीक्षण १ हजार ४१६ भएको छ ।पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २५ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९५ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म ८ लाख ९ हजार १५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७४ पुगेको छ ।२४ घण्टामा ८६ हजार ५९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया