सरी राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन – मिलन पाण्डे (पूर्ण पाठसहित)

काठमाडौँ, ५ पुस । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका छन् । आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन् ।

उनले मिश्रमाथि जुममार्फत बसेको केन्द्रीय समिति बैठकमा फेक आइडी राखेर बहुमत जुटाएको आरोपसमेत लगाएका छन् । उनले मिश्रलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंले जुम बैठकमा आएका–नआएका सबैको नाम राखेर निर्वाचन आयोगमा आफूसँग दुई तिहाई छ भनेर गलत दस्तावेज बुझाउँदैमा तपाईंसँग दुई तिहाइ छ भन्न मिल्दैन ।’ उनले मिश्रसँग दुई तिहाइ बहुमत नरहेको प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् ।

पाण्डेले मिश्रलाई प्रश्न गरेका छन्, ‘तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागि परेका खासगरी दक्षिणी शक्ति केन्द्रहरु र अकुत सम्पत्ति आर्जन गरेका पूर्वदरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको चन्ने चर्चा सुनिन आएको छ, त्यसको सत्यता के हो ?’​बाह्य शक्तिबाट प्रेरित भएर यसरी सुसंस्कृत वैकल्पिक राजनीतिको नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै वैकल्पिक राजनीतिका हजारौं योगदानकर्ताहरुलाई धोका किन दिएको भनेर पनि उनले मिश्रलाई प्रश्न गरेका छन् ।

उनले मिश्रलाई प्रश्न गरेका छन्, ‘तपाईले धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर किन वकालत गर्नुभयो ? देशलाई अफगानिस्तान÷काबुल बनाउने नियतका साथ तपाईको धार्मिक युद्ध गराउने चाहनाको भारी किन पार्टीलाई बोकाउन खोज्नु भयो ?’उनले अन्त्यमा लेखेका छन्, ‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति