अब युवाहरुले हाइटेकवाला एमाले रोज्ने कि हिलटेकवाला कांग्रेस रोज्ने? – महेश बस्नेत

बारा, ३ पुस । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको महाधिवेशनले केपी ओलीले नेतृत्वकरण गरेको बताएका छन् । बाराको बिश्रामपुर गाउँपालिकामा विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउँदै बस्नेतले एमालेबाट आत्तिएर कांग्रेसका केही नेता कुप्रचारमा उत्रिएका आरोप लागए ।बस्नेतले एमालेको महाधिवेशनबाट सबैले जितेको भन्दै कसैले पनि नहार्ने नीति र नेतृत्व एमालेले चयन गरेको दावी समेत गरे । बस्नेतले भने – एमालेको महाधिवेशनलाई ओलीवेशन भन्ने कांग्रेसका नेताहरुले पानी ट्यांकी अधिवेशन गरेका छन् । जबकी दुनियाले एमालेले हाइटेक महाधिवेशन गरेको भनिरहेका छन् । अब युवाहरुले हाइटेकवाला एमाले रोज्ने कि हिलटेकवाला कांग्रेस रोज्ने?बस्नेतले मधेशमा एमालेको बारेमा फैलाइएको भ्रम टुट्दै गएको बताए । सो कार्यक्रममा एमाले नेताहरु बलबीर प्रसाद चौधरी, ज्वालाकुमारी साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बिश्रामपुरको उपप्रमुख उम्मेदवार बनेका कांग्रेस नेतासहितका विभिन्न दिलका नेता कार्यक्रम एमालेमा प्रवेश गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति