आफैले चलाएकाे मोटरसाइकल दुर्घटना हुँदा साथीकाे मृत्यु भएपछि फरार

जलेश्वर, २ पुस । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकामा गम्भीर चोट लागेर उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएकामा गए राति १०ः३० बजे मृत्यु भएको हो । मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति