बुस्टर डोज लगाउन आग्रह : बेलायतमा एकैदिन थपिए ८८ हजारभन्दा धेरै संक्रमित

काठमाडौं, २ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै निरन्तर नयाँ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको छ। बिहीबार बेलायतमा कोरोनाका ८८ हजार ३७६ नयाँ संक्रमित थपिएका हुन्। इंगल्याण्डका प्रमुख मेडिकल अफिसर क्रिस ह्वीटीले ओमिक्रोन भेरियन्ट अहिलेसम्मकै तीव्र गतिमा संक्रमण फैलिइरहेको बताएका छन्।

यद्यपि बुस्टर डोज खोप अभियान तीव्र पारिएसँगै यसको संक्रमणमा छिटै नै कमी आउने उनको भनाइ छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि नै मानिसहरुलाई बुस्टर डोज लगाउन आग्रह गरिसकेका छन्।

उनले बुस्टर डोज नै ओमिक्रोन भेरियन्टविरुद्ध लड्ने महत्वपूर्ण उपाय भएको उनको भनाइ छ। यद्यपि अब बेलायतमा लकडाउन भने नहुने उनले बताएका छन्।

यसअघि बुधबार पनि बेलायतमा ७८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। ओमिक्रोन भेरियन्ट अत्यधिक संक्रामक देखिए पनि यसबाट गम्भीर बिरामी पर्ने जोखिम भने कम देखिएको वैज्ञानिकहरुले बताएका छन्। यद्यपि यसबाट बच्नको लागि आवश्यक सतर्कता भने जारी राख्नुपर्ने उनीहरुको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति