कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित

काठमाडौं, १ पुस । कांग्रेस महामन्त्रीमा तीन डाक्टर पराजित भएका छन् । दुई महामन्त्रीका लागि २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक परिणामअनुसार तीन डाक्टर उम्मेदवार पराजित भएका हुन् ।

महामन्त्रीमा उम्मेदवारी दिएका तीन डाक्टरमा डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र डा। राजाराम कार्की पराजित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार महतले एक हजार ५५६, रिजालले ८०९ र कार्कीले १०६ मत ल्याएर पराजित भएका हुन् । उनीहरूसँगै प्रदीप पौडेल पनि एक हजार ३९३ मत ल्याएर महामन्त्रीमा पराजित भए ।

महामन्त्रीमा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका छन् । संयोजक घिमिरेका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति