बुद्धएयरको जहाज भरतपुरमा आपतकालीन अवतरण यस्तो छ कारण

काठमाडौं, १ पुस । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो ।

जहाज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।१८ जना यात्रु चढेको अहिले जहाज धावनमार्गमै छ ।

यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको स्रोतले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् । विमानस्थल बन्द गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति