नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा। मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।

सभापतिको नतिजा आएसँगै अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति