कांग्रेस उपसभापतिको मतगणना : धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिने (यस्तो छ अहिले सम्मको ताजा अपडेट)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ ।

पछिल्लो ३५५८ मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता बढाउँदै लगेका छन् । उनले पुर्ण बहादुर खड्का १६३४ मत प्राप्त गरेका छन् ।

यस्तै सुरुवाती अग्रता बनाका धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिनेका छन् । गच्छदारले १४४३ मत ल्याउँदा धनराज गुरुङ्गले ११३७ मत ल्याएका छन् । उनी भन्दा अगाडि डा. चन्द्र भण्डारी १२५७ मतका साथ गच्छदारलाई पच्छ्याइरहेका छन् । यस्तै सुजाता कोइरालाको ४३८, महेश आचार्यको ४१३ र दिब्या शाह ११७ मत आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति