प्रचण्ड र नेपाल अस्थिरताका सम्वाहक – अध्यक्ष ओली

काठमाडौं, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहक भएको बताए ।

ओलीले नेपालमा अस्थीरता मचायन खोज्ने नियत्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप लगाएका हुन ।

नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी, सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, ‘त्यस्ताहरुसँग एकता ? अस्थीरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताए । ‘हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति